एक लाख घुस रकमसहित लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियारको सुर्खेत कार्यालयले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत ९सातौँ० टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोग स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

देउवाको टाउकोमा १२ वटा टाँका

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शुक्रबार जानकारी दिएका हुन् । विश्वकर्माले भने, “सुरुमा हामी अतालिएका थियौँ । उहाँहरू (देउवा र आरजु देउवा) अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ । देउवाको गर्धनभन्दा माथि टाउकोमा […]

आज संविधान तथा राष्ट्रिय दिवस : प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुहुने

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८स्३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन […]

बाणगंगा नगरपालिका: संविधान दिवसलाई एकताको पर्वको रुपमा मनाउने

कपिलवस्तु । बाणगंगा नगरपालिकाको आकस्मिक कार्यापालिका बैठक सम्पन्न भएको छ। विहिबार बसेको उक्त बैठकले जेन–जी आन्दोलनका नाममा नगर क्षेत्रमा उत्पन्न अराजक गतिविधिप्रति गहिरो दुःख प्रकट गर्दै घटनाको गम्भीर समीक्षा गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले जटिल परिस्थितिमा सबैलाई सयमित, धैर्यशील र जिम्मेवार रहँदै नगरमा शान्ति र सद्भाव कायम गर्नुपर्नेमा जोड दिएको […]