१५औं कपिलवस्तु महोत्सवमा आज प्रकाश दुतराज लगायतका कलाकार आउदै

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको छैठौ दिन अर्थात सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश दुतराज आउने भएका छन् । सोमबार दुतराजसंगै गायिका सिता राना, गायक बसन्त लम्साल लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले  जानकारी दिए । आईतबार अर्जुन सापकोटा, आधुनिक गायक हिमाल सागर, लोकदोहोरी गायिका रितु थापा लगायतका स्थानीय […]

नेपाल स्वयंसेवक संघले भोलि चारनम्बरमा बृहत् आँखा शिविर गर्दै

जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघको आयोजनामा निशुल्क बृहत् आँखा शिविर तथा मोतियाबिन्दुको अप्रेसन सेवा सञ्चालन हुने भएको छ । कपिलवस्तुको चारनम्बर स्थित सामुदायिक अस्पतालमा भोलि २४ गते उक्त सेवा सञ्चालन गर्न थालिएको संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले जनहित अनलाइन सङ्ग बताउनुभयो । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने उक्त आँखा शिविरमा […]

कपिलवस्तु महोत्सवमा आज गायक अर्जुन सापकोटा सहितका कलाकार आउँदै

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको पाचौँ दिन दिन अर्थात आज आईतबार चर्चित लोकदोहोरी गायक अर्जुन सापकोटा आउँदै छन् । आज आईतबार सापकोटासंगै आधुनिक गायक हिमाल सागर, लोकदोहोरी गायिका रितु थापा लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले जानकारी दिए । शनिबार लोकदोहोरी गायिका शान्तारानी परियार, टंक तिमिल्सिना लगायत विधान […]

१५औं कपिलवस्तु महोत्सवः आज राजेश हमाल आउँदै

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवमा नेपाली चलचित्रका महानायक राजेश हमाल आउँदै छन् । हमाल महोत्सवमा आज आईतबार दिउँसो ३ बजे आउन लागेका हुन् । कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले यस क्षेत्रमा स्थापना हुन लागको कपडा तथा खाद्यान्न बैंकको उद्घाटन गर्नका लागि हमाल १५औं कपिलवस्तु महोत्सवमा आउन […]

कपिलवस्तु बाट मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ

कपिलबस्तु। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक निरञ्जन दत्त भट्टका अनुसार ०८१-०८२ परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडाैंबाट विभिन्न प्रलोभनमा पारी झुक्याई बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको सिमाना कपिलबस्तु कृष्णनगर हुँदै भारत […]

एनपीएलमा लुम्बिनीको लगातार तेश्रो हार, सुदूरपश्चिम ४५ रनले विजयी

काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको छ । सुदूरपश्चिमको लगातार यो तेश्रो जीत हो भने लुम्बिनीको लगातार तेश्रो हार हो । सुदूरपश्चिमले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सबैभन्दा […]

कपिलवस्तु दुर्घटना: मृतकको संख्या २ पुग्यो

कपिलवस्तु । भैरहवा–तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–३ गुलरीमा बस र कार एकापसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ । भैरहवादेखि तौलिहवा आउँदै गरेको लु२ख २३१ नम्बरको बसले तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर दिँदा कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–४, हरिहरपुर बस्ने ४५ वर्षीय इन्द्रबहादुर सार्की र […]

कपिलवस्तु महोत्सवको चौथो दिन आज ‘मत ढलेढले’ गितकि गायिका सहितका कलाकार आउदै

१५औं कपिलवस्तु महोत्सवको चौथो दिन आज ‘मत ढलेढले’ गित गाएर चर्चित बनेकी लोकदोहोरी गायिका शान्तरानी  परियार आउने भएकी छिन् । शनिबार गायिका परियारसंगै टंक तिमिल्सिना, विधान कार्की लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले जानकारी दिए । शुक्रबार चर्चिक लोक तथा आधुनिक गायिका समिक्षा अधिकारी, विक्रमबाबु विक, विष्णु ठट्राई, श्याम बोहोरा […]

कपिलवस्तु महोत्सवको तेस्रो दिन आज गायिका समीक्षा अधिकारी आउदै

कपिलवस्तु, मंसिर २१ कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा आयोजित १५औं कपिलवस्तु महोत्सवमा आज चर्चित गायिका समीक्षा अधिकारीले आफ्नो प्रस्तुति दिने भएकी छिन् । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने नारासहित मंसिर १९ गतेदेखि सुरु भएको महोत्सवको तेस्रो दिनमा अधिकारी आउने कार्यक्रम रहेको छ । मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनका अनुसार गायिका अधिकारीले […]

आज विवाह पञ्चमी, जनकपुरमा राम(जानकी विवाहोत्सव

जनहित अन्लाईन कपिलवस्तु ।  ​त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई महोत्सवकै रूपमा मनाउने गरेका छन्।​ त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा […]