नेपाल स्वयंसेवक संघले भोलि चारनम्बरमा बृहत् आँखा शिविर गर्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघको आयोजनामा निशुल्क बृहत् आँखा शिविर तथा मोतियाबिन्दुको अप्रेसन सेवा सञ्चालन हुने भएको छ । कपिलवस्तुको चारनम्बर स्थित सामुदायिक अस्पतालमा भोलि २४ गते उक्त सेवा सञ्चालन गर्न थालिएको संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने उक्त आँखा शिविरमा सम्पुर्णलाई सहभागि भई मौकाको फाइदा उठाउन समेत उहाँले आग्रह गर्नुभयो ।
साथै बाणगंगाका ७, ९, ३, १० र ११ वटा वडाका टाढा बाट आउने सेवाग्राहीहरुको लागि बसको समेत व्यवस्था रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *