कपिलवस्तु बाट मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलबस्तु। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरिक्षक निरञ्जन दत्त भट्टका अनुसार ०८१-०८२ परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडाैंबाट विभिन्न प्रलोभनमा पारी झुक्याई बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको सिमाना कपिलबस्तु कृष्णनगर हुँदै भारत लैजाँदै गर्दा पक्राउ गरिएको हाे ।

उनलाई कपिलबस्तु कृष्णनगर नगरपालिका २ लिङगेटबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *