कपिलवस्तु दुर्घटना: मृतकको संख्या २ पुग्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । भैरहवा–तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–३ गुलरीमा बस र कार एकापसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ ।

भैरहवादेखि तौलिहवा आउँदै गरेको लु२ख २३१ नम्बरको बसले तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर दिँदा कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–४, हरिहरपुर बस्ने ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला–७ बस्ने ४३ वर्षीय निमबहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए ।

कारसँगै लु३८प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो । दुर्घटनामा १४ जना घाइते भएका छन् । उनीहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *