बोहराको पार्थिव शरीर भैरहवा लगिने, फेरि काठमाडौँ ल्याएर अन्त्येष्टि

काठमाडौँ । मंगलबार निधन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का वरिष्ठ नेता दीपक बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आजै गृहनगर भैरहवा लगिने भएको छ । हेलिकप्टरबाट उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा लगिने भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यहाँ शुभेच्छुक र आफन्तले श्रद्धाञ्जली अर्पण गरेपछि उनको पार्थिव फेरि आज नै काठमाडौँ ल्याइने उनको […]

पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु

हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपराह्न करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक ललिता […]

‘कृषि तारा कपिलवस्तु’ घोषणा, प्रथम पुरस्कार एक लाख

कपिलवस्तु । कपिलवस्तुमै पहिलो पटक ‘एग्रीवस्तु कृषि तारा २०८२’ हुने भएको छ । कपिलवस्तुका कृषकका लागि जिल्लामै पहिलो पटक कृषि तारा संचालन गर्न लागिएको एग्रीवस्तु कोल्डस्टोरेज प्रालिका प्रबन्ध निर्देशक आशिष शर्माले बताए । सोमबार नेपाल पत्रकार महासंघ कपिलवस्तु तौलिहवामा पत्रकार सम्मेलन गर्दै सो कार्यक्रम बारे जानकारी गराईएको हो । कपिलवस्तुमा रहेर कृषि ब्यवसाय गर्दै आएका […]

अर्घाखाँचीमा आगलागी हुँदा ४ घरगोठ जलेर नष्ट

अर्घाखाँची ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-७ पानडाँडामा भएको आगलागीमा १ घर र ३ गोठ जलेर नष्ट भएका छन्। पानडाँडामा लागेको आगोले ४ घरगोठ जलेर नष्ट हुनका साथै गोठमा रहेका १ भैसी, १ पाडो, ९ बाख्रा र ५९ कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए।   पानडाँडाका लोक बहादुर थापाको ३ […]

रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किने, केन्द्रीय समितिको विशेष बैठकले कमव्याक गराउने

काठमाडौँ । अन्तत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सभापति रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् । रास्वपा पार्टीको नेतृत्व छाडेको १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्कन लागेका हुन् । आज सोमबार दिउँसो केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा कमव्याक गराउने भएको हो । दिउँसो ३ बजेदेखि निरन्तर दुई वटा बैठक […]

लिङ्देनको प्रश्न – छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बर्साइयो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएर गणतन्त्रवादी दलहरूले लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै जनताले चाहे गणतन्त्र जाने भन्दै युवाको शक्तिलाई कमजोर नठान्न चेतावनी दिए ।   उनले भने, ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो रु त्यो निणन्त्रण गर्ने जिम्मा सरकारको होइन रु तपाईँ कांग्रेस(एमाले भन्नेहरू […]

प्रधानमन्त्री ओलीको प्रश्न :संविधानको शपथ खाएर, त्यस विपरीत चल्न मिल्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको शपथ लिएर त्यसविपरीत चल्न नमिल्ने बताएका छन्। सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै चैत १५ गते तीनकुनेमा भएको घटनाले संविधान मास्ने क्रियाकलाप भएको बताएका हुन्। ‘जनप्रतिनिधिहरू संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा शपथ विरीतको कुरा हो, नैतिकता विपरीतको क्रियाकलाप हो,’ उनले भने। आफूहरूले संविधानको शपथ लिएकाले त्यसको […]

माकलबारीमा गाडिएको शव फेला, ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित पाँच नेपालीलाई पक्राउ गरेको छ । लेनदेनको विषयलाई […]

इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र इद सोमबार हर्षोल्लासका साथ देशभर मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत ९रोजा०पछि इदगाहहरुमा बिहान इद उल फित्र इदको सामूहिक नवाज पढिएको हो । ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित जामे लगायत देशभरका मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्नेहरुको घुइँचो लागेको छ […]

सुनको भाउमा फेरी नयाँ रेकर्ड

काठमाडौं । सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपनि नेपाली बजारमा पनि प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ । नेपाली बजारमा सोमबार भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य […]