अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-७ पानडाँडामा भएको आगलागीमा १ घर र ३ गोठ जलेर नष्ट भएका छन्।
पानडाँडामा लागेको आगोले ४ घरगोठ जलेर नष्ट हुनका साथै गोठमा रहेका १ भैसी, १ पाडो, ९ बाख्रा र ५९ कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए।
पानडाँडाका लोक बहादुर थापाको ३ तले टिनले छाएको घर र गोठ, रेल बहादुर थापा मगरको टिनले छाएको कच्ची गोठ र तिलक बहादुर रायमाझीको टिनले छाएको कच्ची गोठ र शौचालय जलेर पूर्ण रूपमा क्षति भएको छ।
दिउँसो लागेको भीषण आगो अहिले नियन्त्रणमा लिने प्रयास भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी, वन कार्यालयको टोली र स्थानीय र सन्धिखर्कको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।


