ब्राईट लुम्बिनीमा बैशाख ७ गतेबाट ब्रिज कोर्ष सञ्चालन हुँदै

कपिलवस्तु। उत्कृष्ट नतिजा ल्याई जिल्लामै सर्वोत्कृष्ट शैक्षिक संस्था ब्राईट लुम्बिनी ईन्टरनेश्नल एजुकेशन लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि ले यस बर्ष पनि ब्रिज कोर्षका कक्षा सञ्चालन गर्ने भएको छ । विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित कपिलवस्तुको चार नम्बर जितपुरमा रहेको उक्त संस्थाले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै ब्रिज कोर्ष सञ्चालन गर्ने प्रबन्धक निर्देशक असीम […]

पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा भएको स्कुटर दुर्घटनामा ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको छ । भित्री कच्ची सडक लाम्टाङबाट ओइरीघाट रामपुर आउने क्रममा दुर्घटना हुँदा रामपुर नगरपालिका–३ बस्ने ठाडा मगरको मृत्यु भएको हो । लुम्बिनी प्रदेश ०१–००४ प ८०३९ नम्बरको स्कुटर आफैँ अनियन्त्रीत भई पल्टिएको प्रहरीले जनाएको छ […]

फोटोग्राफर संघ कपिलवस्तुद्वारा नयाँ भित्तेपात्रो विमोचन

कपिलवस्तु । नववर्ष २०८२ सालको उपलक्ष्यमा कपिलवस्तु फोटोग्राफर संघले भित्तेपात्रो विमोचन गरेको छ । संघले आईतवार शुभकामना आदान–प्रदान संगै भित्तेपात्रो विमोचन गरेको हो । ”श्रष्टा र सीप हाम्रो पहिचान, फोटोग्राफरहरूमा एकता हाम्रो अभियान” भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि वाणगंगा नगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले भित्तेपात्रो विमोचन गर्दै फोटोग्राफरहरूको भूमिकालाई सराहना गर्दै आगामी दिनमा […]

कपिलवस्तुमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ९ गव्दहवाका २८ बर्षीय समुन्द्र गाहा मगर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताउनु भयो । घटनामा संलग्न गरेका सोही स्थानका राम बहादुर थारु, कालु भन्ने राम थारु र प्रवेश थारुलाई […]

सिद्धार्थ क्याम्पस कक्षा १२ का विद्यार्थीलाई विदाई

जनहित अनलाइन, कपिलवस्तु । स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पसको आयोजनामा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विदाई सहित वार्षिक परिक्षाको लागि सफलताको शुभकामना र नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले […]

रायमाझी परिवारद्धारा विद्यालयमा अक्षयकोष स्थापना

कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित एक रायमाझी परिवारले विद्यालयमा एक लाख बढी रकमको अक्षयकोष स्थापना गरेका छन् । बाणगंगा ९ निवासी धुव्रबहादुर रायमाझीका परिवारले जिनुवा स्थित शुद्धोदन जनजीवन माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन । रायमाझी परिवारले विद्यालयले मनाइरहेको स्वर्ण महोत्सवको समापन कार्यक्रमका अवसरमा उक्त अक्षयकोषको घोषणा गरेका थिए । विद्यालयमा […]

सुर्योदय आधारभुत विद्यालयको दुई कोठे भवन शिलान्यास

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित सुर्योदय आधारभुत विद्यालयमा दुई कोठे भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख चक्रपाणि अर्यालले पुजापाठ गरि उक्त भवनको शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले शिक्षाको गुणस्तर वृद्धि गर्नेको लागि स्थानीय, प्रदेश र सङ्घिय सरकारले हरेक वर्ष शिक्षामा लगानी गर्दै आइरहेको बताउनुभयो […]

पिस मुन ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर बाट १८ प्रशिक्षार्थीहरुले लिए डिप्लोमा तहको प्रमाणपत्र

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लामै उत्कृष्ट पहिचान बनाउन सफल पिस मून ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टर बाट डिप्लोमा तह पास गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । बुद्धभुमी नगरपालिका २ गोरुसिङ्गेमा रहेको उक्त ट्रेनिङ्ग सेन्टरले ६ महिने डिप्लोमा तह पास गर्ने १८ प्रशिक्षार्थीहरुलाई आज एक भब्य कार्यक्रमका बिछ प्रमाणपत्र प्रदान गरेको हो । कार्यक्रममा […]

बोहराको पार्थिव शरीर भैरहवा लगिने, फेरि काठमाडौँ ल्याएर अन्त्येष्टि

काठमाडौँ । मंगलबार निधन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का वरिष्ठ नेता दीपक बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आजै गृहनगर भैरहवा लगिने भएको छ । हेलिकप्टरबाट उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा लगिने भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यहाँ शुभेच्छुक र आफन्तले श्रद्धाञ्जली अर्पण गरेपछि उनको पार्थिव फेरि आज नै काठमाडौँ ल्याइने उनको […]

पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु

हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपराह्न करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक ललिता […]