जनहित अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा स्थित सुर्योदय आधारभुत विद्यालयमा दुई कोठे भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख चक्रपाणि अर्यालले पुजापाठ गरि उक्त भवनको शिलान्यास गर्नुभएको हो।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले शिक्षाको गुणस्तर वृद्धि गर्नेको लागि स्थानीय, प्रदेश र सङ्घिय सरकारले हरेक वर्ष शिक्षामा लगानी गर्दै आइरहेको बताउनुभयो । पालिकाको बजेट र विद्यालयको आवश्यकता अनुसार आगामी वर्षहरूमा पालिकाले समेत विद्यालयलाई थोरै भएपनि बजेट विनियोजन गर्ने बताउनुभयो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक धर्मराज भट्टराईले विद्यालयको आवश्यकता अनुसारको भवन बन्न लागेको भन्दै यसले शिक्षाको गुणस्तर वृद्धि गर्न महत्त्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष बाबुराम अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष तथा पदाधिकारी, व्यवस्थापन समितिका पदाधिकारी, त्रीशक्ती सामुदायिक वनका अध्यक्ष नाथुराम थारु, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
–


