काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएर गणतन्त्रवादी दलहरूले लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै जनताले चाहे गणतन्त्र जाने भन्दै युवाको शक्तिलाई कमजोर नठान्न चेतावनी दिए ।
उनले भने, ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो रु त्यो निणन्त्रण गर्ने जिम्मा सरकारको होइन रु तपाईँ कांग्रेस(एमाले भन्नेहरू सरकारमा बसेर भजन गाउँदै, मादल बजाउँदै आइपुगेको हो रु तपाईँहरू तोडफोड नगरी, मान्छे नमारी आएको हो रु त्यसैले म भन्छु सविन महर्जन हिँडिरहेको बेलामा गोली किन हानियो रु छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बसाइयो ?किन गोली हानियो त्यसको जवाफ चाहिन्छ ?
उनले तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गरे ।


