भैरहवामा अन्तर्राष्ट्रिय उडान फेरि ठप्प

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिबिआइए मा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । १ अप्रिलदेखि सुरु हुने समर सिजनमा कुनै पनि वायुसेवा कम्पनीले भैरहवा उडानको सेड्युल पेस नगरेपछि तत्काललाई अन्तर्राष्ट्रिय उडान ठप्प हुने भएको हो । भैरहवामा जजिरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । तर आइतबार ३० […]

वडाध्यक्ष मोहम्मद जाहिद खान द्धारा इदुल फित्रको शुभकामना

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं। १ का वडाध्यक्ष मोहम्मद जाहिद खानले इदुल फित्रको पावन अवसरमा सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यस अवसरमा इदुल फित्र इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण चाड हो भनेर जनाउँदै यो पर्व आपसी प्रेम, सद्भाव, सहकार्य, विश्वास र साझा उद्देश्यको […]

त्रिशक्ति सामुदायिक वनको अध्यक्षमा थारु निर्वाचित

बाणगंगा । बाणगंगा नगरपालिका- ८ मा रहेको त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा नाथुराम चौधरी थारु निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा निकटत्म प्रतिद्धन्द्धी अमर बहादुर बस्नेतलाई पराजित गर्दै थारु अध्यक्ष पदमा निर्वाचित भएका हुन् । थारुले ४७३ मत प्राप्त गरे भने बस्नेतले ४३१ मत पाए । यस्तै उपाध्यक्षमा ज्वारीलाल घिमिरे, सचिवमा भगवता बेल्बासे […]

राजावादीहरुले लुटपाट मञ्चाएको कोटेश्वरस्थि भाटभटेनी स्टोर नियमित सञ्चालन

काठमाडौं । हिजो राजावादी समूहले निकालेको जुलुसका क्रममा तोडफोड गरिएको कोटेश्वरस्थित भाटभटेनी नियमित सञ्चालनमा आएको छ । सीईओ पानु पौडेलले दिएको जानकारीअनुसार रातभर सरसफाइ गरी बिहानदेखि सञ्चालनमा आएको हो । “हामीले राति १२ बजेसम्म सरसफाइ गर्‍यौँ, फुटेका सिसा सफा गर्‍यौँ,” उनले भने, “आज बिहानैदेखि सञ्चालनमा आएको छ । ग्राहकलाई असर नपुगोस् भनेर ध्यान दिएर सरसफाइ […]

तीनकुनेमा हिंसात्मक प्रदर्शन : १४ ठाउँमा आगजनी, १५ गाडी जलाइए

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार दिउँसो राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा १४ ठाउँमा आगजनी भएको छ। काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको क्षति विवरण अनुसार शुक्रबार प्रदर्शनकारीहरूले ९ वटा सरकारी सवारी साधन, ६ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको हो। तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी […]

भारतमा तीर्थ यात्रामा गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

दाङ । भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ । सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर […]

सरकार खोज्दै, दुर्गा प्रसाईले सामाजिक सञ्जालबाट चुनौती दिँए पछि

काठमाडौं  । सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । आज शुक्रबार तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा दोषी करार गर्दै प्रसाईँलाई पक्राउ गर्न लागिएको हो । प्रहरी स्रोतका अनुसार प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ । प्रहरीले प्रसाईँलाई अहिलेसम्म पक्राउ […]

तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए । एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र […]

रूपन्देहीमा घुस रकमसहित प्रहरी चौकीका प्रमुख नै पक्राउ

रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ। बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै […]

काठमाडौंका दुई ठाउँमा प्रदर्शन कहाँ कहाँबाट निस्कन्छ र्‍याली ?

काठमाडौं । शुक्रबार काठमाडौंका दुई स्थानमा छुट्टाछुट्टै प्रदर्शन हुँदैछ। नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन्। काठमाडौं प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजावादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ। बिहान एसइईको परीक्षा भएका कारण प्रशासनले दुवै समूहलाई ११ बजेपछि मात्रै कार्यक्रम सुरू गर्न भनेको छ। समाजवादी मोर्चाले मध्याह्न १२ […]