सरकार खोज्दै, दुर्गा प्रसाईले सामाजिक सञ्जालबाट चुनौती दिँए पछि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं  । सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । आज शुक्रबार तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा दोषी करार गर्दै प्रसाईँलाई पक्राउ गर्न लागिएको हो । प्रहरी स्रोतका अनुसार प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ । प्रहरीले प्रसाईँलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

तर, प्रसाईँले भने सामाजिक सञ्जालमार्फत राज्य संयन्त्रलाई चुनौति दिएका छन् । उनले आफूलाई पक्राउ गर्न प्रहरी आउनु नपर्ने, जहाँ बोलायो त्यहीँ आउने बताएका छन् । ‘आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको छ । दिबंगत बन्नुभएका सबिन महर्जनप्रती हार्दिक श्रद्दासुमन । साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ, हामी बैद्धिक विधिपूर्वक पुजाअर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तीपूर्ण रुपमा कार्यक्रमस्थल पुग्दा अश्रुग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो रु हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं । हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन रु जुन अप्रीय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो । त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ । अन्त्यमा मलाई पक्राउ गर्न प्रहरी आईरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिँदैन । किन कि दुर्गा अब व्यक्ति हैन । विचार हो, अभियान हो – प्रसाईँले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *