सुनको भाउ तोलाको २ लाख नजिक पुग्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी राखेको छ । एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

सोमबार तोलामा एक लाख ९१ हजारमा कारोबार भएको सुन आज प्रतिलोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *