जनहित अनलाइन, कपिलवस्तु । नेपाल दर्शन समाज कपिलवस्तुको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शनिबार समाजको आफ्नै हलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजकी केन्द्रिय सह कोषाध्यक्ष सुनिता सेनले ठकुरी समुदायले कहिले पनि एक्लोपन महसुस नगर्ने गरि एक जुट भइ समाजको संरक्षण गर्ने बताउनु भयो । समाजले समुदायको परिवर्तन र देशको अवस्था सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै समाजकी अध्यक्ष कमला सेन (सुष्मा )ले कपिलवस्तुमा ठकुरी समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक अवस्थाको बारेमा जानकारी गराउनुभयो । समाजमा अहिले ७५३ घरधुरी रहेपनि आजीवन सदस्यको सङ्ख्या भने ३९७ रहेको बताउनुभयो । त्यस्तै अध्यक्ष सेनले ठकुरी समुदायको सर्वाङ्गीण पक्षको सुधार गर्नपनि समाजले महत्त्वपूर्ण कार्यहरू गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि समाजका केन्द्रिय सदस्य पदम प्रताप सेन, कपिलवस्तुका स्थापक अध्यक्ष चन्द्र बहादुर मल्ल, पवित्रा शाही, प्रेम बहादुर मल्ल , विरेन्द्र खाण र अतिथि राजेन्द्र विक्रम शाह, दुर्गा बहादुर सेन, राजकुमार खाण लगायतको उपस्थिति रहेको थियो ।


