बाणगङ्गा २ मा सञ्चालित एक महिने व्युटी पार्लर सम्बन्धी सीप विकास तालिम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरामा सञ्चालित व्युटी पार्लर सम्बन्धी १ महिने सीप विकास तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा भएको उक्त तालिममा २६ जना महिला तथा युवतीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले नगरपालिकाले सुरुवाती चरणदेखी थुप्रै तालिमहरु सञ्चालन गरेको स्मरण गर्दै ती सिपलाई व्यवहारमा उतार्न नसके समय र अर्थ दुबै खेर जाने बताउनुभयो । तालिम प्राप्त गरिसकेपछि उक्त सिपलाई सदुपयोग गरेर आर्थिक उन्नति गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा प्रभाव छाड्नको लागिपनि महिलाहरु आर्थिक रुपमा सक्षम हुनुपर्ने भएकाले यो सिपको सदुपयोग गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।

त्यस्तै बाणगङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले घरेलु कार्यालयले महत्त्वपूर्ण सीप सिकाउन आफ्नै वडालाई छनोट गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । प्रयोग नगर्दा सीप बिर्सिदै जाने भएकाले यो सिपलाई पनि सकेसम्म व्यवसायीक नसके सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै साना तथा घरेलु उद्योग कार्यालय कपिलवस्तुका प्रमुख शन्तोष खनालले अहिले व्युटी पार्लर सम्बन्धि आधारभुत तालिम दिएको भन्दै आगामी दिनमा सिकारुको उत्साह हेरेर एडभान्स खालको तालिम दिने बताउनुभयो । तालिममा सहभागीहरु प्रतिनिधि पात्र रहेको भन्दै आफ्नो गाउँ र समाजमा गएर यस्ता तालिमलाई व्यवहारमा उतारेर उदाहरणीय कार्य गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै वडा सदस्य झिमलाल सापकोटा, प्रशिक्षक शान्ति लामा मोक्तान लगायतले मन्तव्य राख्दै एक महिना सम्म सिकेको सिपलाई व्यवहार उतार्न सुझाव दिनुभयो ।
प्रमाणपत्र बुझ्दै सहभागिहरुले समय सापेक्ष सिप दिएकोमा धन्यवाद व्यक्त गर्दै अझ एडभान्स खालको तालिमको माग गरेका थिए ।

साना तथा घरेलु उद्योग कार्यालय कपिलवस्तुका प्रमुख शन्तोष खनालको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता बिनय सैनीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *