‘पुष्पा २’ बन्यो सर्वकालीन धेरै कमाउने भारतीय फिल्म, ‘बाहुबली २’लाई उछिन्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । ‘पुष्पा २’ भारतीय बक्सअफिसमा सर्वकालिन धेरै कमाउने भारतीय फिल्म बनेको छ । पिंकभिल्लाका अनुसार ७ वर्ष, ८ महिना र ३ दिनमा अल्लु अर्जुन स्टारर फिल्मले सर्वाधिक ग्रस कलेक्सन गर्ने ‘बाहुबली २’को कीर्तिमानलाई उछिनेको हो ।

शनिबार मात्र यो फिल्मले भारतीय बक्सअफिसमा ६ करोड भारु कमायो । यो समाचार तयार पार्दासम्म आइतबार फिल्मले ‘बाहुबली २’लाई उछिन्न बाँकी २ करोडको आँकडा पार गरेको उक्त पोर्टलले उल्लेख गरेको छ । ‘आइतबारसम्म यसले त्यो कमाइलाई पार गरेको छ’ पिंकभिल्लाले लेखेको छ ।

‘पुष्पा २’ले शनिबारसम्म भारतभर १३४५ करोड भारु कमाएको छ । सन् २०२१ मा पहिलो भाग रिलिज भएदेखि नै भारतको हिन्दी बेल्टमा ठूलो प्रशंसा पाएपछि ‘पुष्पा २’ लाई ‘बाहुबली २’को रेकर्डलाई उछिन्ने बलियो दाबेदार मानिएको थियो । फिल्मले हिन्दीभाषी राज्यमा उत्कृष्ट कमाइ गर्‍यो ।

‘पुष्पा २’ भारतको बक्स अफिस इतिहासमा सबै समयको सबैभन्दा धेरै कमाउने शीर्षक दावी गर्ने बीसवटा फिल्मको क्लबमा सामेल हुन्छ, जुन तल सूचीबद्ध छन् । ‘मदर इन्डिया’ (१९५७) भन्दा पहिलेका केही फिल्म पनि हुनसक्छ् जसले धेरै कमाइ गरेको दाबी गरेका थिए । तर, बक्सअफिस डेटाको कारण त्यसलाई प्रमाणित गर्न कठिन हुन्छ । यो सूची ‘किस्मत’ (१९४३) बाट सुरु हुन्छ, जसलाई भारतमा करोड भारु कमाउने पहिलो फिल्म मानिन्छ । त्यसबेला पाकिस्तान, बंगलादेश र म्यानमारलगायत बजारले यसले १ करोड कमाएको थियो ।

सूची यस्तो छ :

१) पुष्पा २- १३५२ करोड भारु (३२ दिन)
२) बाहुबली २– १३४७ करोड भारु
३) दंगल– ५११ करोड भारु
४) बाहुबली– ४८१ करोड भारु
५) पिके– ४५० करोड भारु
६) धुम ३– ३६० करोड भारु
७) चेन्नइ एक्सप्रेस– २८३ करोड भारु
८) थ्री इडियट्स– २८३ करोड भारु
९) गजिनी– १६० करोड भारु
१०) गदर– १४० करोड भारु

Leave a Reply

Your email address will not be published. Required fields are marked *