बाणगंगाको नन्दनगरमा भोलि बाट सुरु हुने ३०औँ ज्ञान महायज्ञको सम्पुर्ण तयारी पुरा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन,कपिलवस्तु
कपिलवस्तुको पवित्र धार्मिक स्थल बाणगंगा २ नन्दनगरमा भोली मंसिर ८ गते देखि १६ गते सम्म श्री मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजको आयोजनामा वराहपुराण पाठपारायण तथा श्रीमद्भगवत धनधान्याचल ३० औँ ज्ञान महायज्ञ सुरु हुदै छ ।

आज पत्रकार सम्मेलन गर्दै महायज्ञको संयोजक जगतराज रेग्मीले आवश्यक सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो । यस यज्ञबाट करिब ४० लाख रकम संकलनको आंकलन गरिएको बताउनुभयो । विभिन्न झांकि सहितको प्रस्तुतिले भक्तजनको आकर्षण गराउने उहाँको भनाइ छ । भोलि ९ बजे बैरियाको सिमलपानी चोकदेखि महायज्ञ स्थल सम्म शोभायात्रा हुने हुदा सबैको उपस्थितिको लागि उहाँको आग्रह छ । कार्यक्रमका प्रमुख अतिथि पर्यटन तथा नागरिक उडड्यान मन्त्री बद्री प्रसाद पाण्डे द्धारा उद्घाटन हुने बताउनुभयो ।

सम्मेलनमा बोल्दै यस गुरुकुल प्रवद्र्धन समाजका अध्यक्ष रवि ज्ञवालीले नैतिक मूल्यमान्यतामा आधारित शिक्षाको माध्यमबाट वैदिक सनातन धर्म संस्कृतीको प्रवर्धन गर्दै सु संस्कृत एंव सभ्य समाजको निर्माण गर्ने उद्धेश्यले यस महायज्ञ आयोजना गरिएको बताउनु भयो । सरकार बाट जम्मा रु १० लाख मात्र उपलब्ध रहने भएकाले व्यवस्थापन चुनौतिलाइ सामाना गर्न महायज्ञ बाट संकलित रकमले यस संस्थाको व्यवस्थापन र बटुकहरुको दैनिकी आवासलाइ ठुलो मद्दत पुग्ने भन्दै सबैलाइ आफुले सकेको सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

त्यस्तै सचिब कमल पौडेलले सवै तयारी पुरा गरि विभिन्न तह तत्गमा पत्राचार गरीएको र भक्तजन हरुको अत्याधिक उपस्थिति हुनेमा आफुहरु आशावादी रहेको बताउनु भयो । विभिन्न संघ सस्था, क्लब, स्थानिय, महिला समुह, पत्रकार तथा अगुवाइहरुबाट प्रचारप्रसार देखी व्यवस्थापन सम्मको सहयोग मिलेको बताउनुभयो ।

त्यस्तै ब्यवस्थापक मोहन पन्थीले अहिल १२५ जना बटुक अध्यनरत रहेका र कक्षा १२ सम्म अध्यापन भैरहेको बताउनु भयो ।प्रत्येक दिनको खर्च ११ देखी १३ हजार सम्म हुने भएकोले व्यवस्थापन गर्न निकै चुनौति रहेको अवस्थामा र सरकारबाट पनि न्युन रकम प्राप्त भएको अवस्थामा महायज्ञ बाट बचेको रकमले व्यवस्थापनमा सहुलियत पुगेको बताउनु भयो ।

महायज्ञको प्रमुख वाचकको रुपमा दिग्दर्शक वाचन शिरोमणी दिपक सापकोटा र वचनामृत प्रवचन लोकानन्द स्वामी ज्यु को मुहारविन्दुबाट हुने छ । दैनिक पुजापाठ तथा हवन बिहान ८ बजेदेखि ११ बजेसम्म, संगीतमय कथा प्रवचन बिहान ११ बजेदेखि साँझ ५ बजे सम्म, प्रसाद वितरण साँझ ५ बजे, साँझ ६ बजेदेखि ८ बजेसम्म महा आरती र राती ८ बजेदेखि १० बजेसम्म भजन कृतन हुने छ । ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *