ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलमा विद्यार्थीलाई आधारभुत योग कला प्रशिक्षण प्रदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।
किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई सक्रिय रुपमा उत्तीकै सहभागी गराउँदै आएको ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले विद्यार्थीहरुका लागि आधारभुत योग कला प्रशिक्षण प्रदान गरेको छ । कपिलवस्तुको बाणगंगा २ राजपुर स्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका कक्षा ८ र ९ का विद्यार्थीहरुका लागि ३ दिने आधारभुत योग कला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

‘बालबालिकाहरुको सर्बाङ्गिण बिकासका लागि योग’ भन्ने नारा सहित शारिरीक स्वस्थतासंगै मानसिक पक्षको विकास तथा स्फुर्तिका लागि विद्यार्थीहरुलाई उक्त योग अभ्यास सहित प्रशिक्षण प्रदान गरिएको हो । युवा अभियान समिती र महिला पतन्जली समिती कपिलवस्तुको सहजिकरणमा उक्त प्रशिक्षण प्रदान गरिएको हो ।

गोपाल पाण्डे प्रशिक्षक रहेको कार्यक्रममा महिला पतन्जली समिती कपिलवस्तुका अध्यक्ष ईशा श्रीस, युवा अभियान समितीका अध्यक्ष युगमाया न्यौपाने पाण्डे, ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक रोमकान्त घिमिरे, प्रिन्सिपल सुरेन्द्र पाण्डे लगायत स्कुलका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *