जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार जिल्लाको सदरमुकाम तौलिहवामा भएको प्रथम जिल्ला भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको संयोजकमा शिव कुमार सुवेदीलाई दोहोराइएको छ । कार्यसमितिको उपसंयोजकमा विक्रम थापा, सचिवमा खिमानन्द भट्टराई, सहसचिवमा अवु हरेस अन्सारी, कोषाध्यक्षमा गिता शर्मा, सदस्यहरुमा कृति मल्ल, भगवत प्रसाद बेल्वासे, लक्ष्मी सुनार, मोहन अधिकारी, माधव पराजुली, हेमन्त श्रेष्ठ, निर्मल सुनार लगायत रहनुभएको छ । पालिका सभापतिहरु पदेन जिल्ला सदस्य रहने रास्वपा कपिलवस्तुले जनाएको छ ।


भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभापति तथा केन्द्रिय सदस्य देवराज पाठकले देशभर नै रास्वपाको माहोल तातिएकोले संगठन विस्तारमा सक्रिय हुन सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । आफुहरुको संगठन विस्तारका विरुद्ध केहि गिरोह लागिपरेको भन्दै ति सबैलाई चिरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । रास्वपा जनताको पार्टी रहेको भन्दै अब यो जमातले कपिलवस्तुलाई रास्वपामय बनाउनपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै जिल्ला सभापति शिव कुमार सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पार्टीलाई मजबुद बनाउन कपिलवस्तुको टिम लागि परेको बताउनुभयो । आफुहरु जनताको बिचमा गएरै काम गर्ने भएकाले पनि अहिले जिल्लामा रास्वपाको माहोल बढ्दो रहेको बताउनुभयो । जिल्लामा ४ जनाको अथक प्रयाशले अहिले सयौँले पार्टी सदस्यता ल्याएको बताउनुभयो । कपिलवस्तुका ६ पालिका र २८ वडामा रास्वपा विस्तार भैसकेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै लुम्बिनी प्रदेश प्रवक्ता कमल प्रसाद पोख्रेलले गत निर्वाचानमा ५/७ जनाको टिम रहँदा पनि समानुपातिक तर्फ १५ हजार बढी मत दिएको भन्दै मतदातालाई धन्यवाद दिनुभयो । राष्ट्रिय भेलामा ल्याइएको विधानका प्रस्तावनाहरुलाई भेला सामु प्रष्ट्याउनुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश उप सभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक डाक्टर बुद्धि शर्मा, विक्रम थापा, आनन्द यादव लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै भेलाले पदम रेग्मीको नेतृत्वमा र्यापिड अलर्ट टिम (र्याट) समेत गठन गरेको छ । जसको सदस्यहरुमा लाल बहादुर थापा, शेर बहादुर चुँदाली, नाराया प्रसाद बेल्वासे र कविराज जि.सी. रहनुभएको छ ।
कार्यक्रममा प्रदेश, जिल्ला, क्षेत्र, नगर र वडाका पदाधिकारी, नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।
भेला जिल्ला सभापति शिव कुमार सुवेदीको अध्यक्षता, क्षेत्रीय सभापति माधव पराजुलीको स्वागत तथा बाणगंगा नगर सभापति बुद्धि सागर बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।




