अर्घाखाँची। यहि भदौं १ गते देखि घरबाट वेपत्ता हुनु भएका अर्घाखाँची शितगंगा ५ गल्दा निवासी ८८ बर्षिय पिताम्बर अधिकारी ६ दिन पछि सोही वडामा पर्ने रिब्दीको जङगलमा सकुशल भेटिनु भएको छ । आफ्नो पुरानो खरक तिर जानेक्रममा जङ्गलमा भिरबाट करिब १५ मिटर तल खसेपछि ६ दिन सम्म सोही स्थान मै रहनु भएको थियो ।

बृद्ध वुवाले लगाएको लुङगी भिरमा फेलापरेपछी त्यसैको आधारमा खोज्दै जाँदा भदौ ६ गते दिउसो स्थानीयले बृद्धलाई फेला पारेका हुन् । भिरबाट लडेपछि परिवारलाई सम्पर्क गर्न मोबाईल साथमा नभएको र कसैले भेटाउन नसक्दा धेरै पीडा सहेर अहिले सम्म केही नखाई जङ्गलमै रहनु भएको थियो ।
बृद्धको शरिरको विभिन्न भागमा चोट लागेको छ । अहिले स्थानियले अस्पताल लैजाने तयारी भैरहेको छ। घरबाट वेपत्ता भएपछि आफन्तजन तथा स्थानीय ईष्टमित्र बृद्धको खोजिकार्य जारि राखेका थिए । अहिले बृद्ध फेला परेपछि स्थानीय आफन्त खुसी भएका छन् ।


