रोल्पाको त्रिवेणी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकालाई एक कार्यक्रमबिच पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले त्रिवेणी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण–पत्र पालिका अध्यक्ष कर्ण बहादुर बाँठामगर र उपाध्यक्ष लेखमणि डाँगीलाई हस्तान्तरण गर्नुभयो ।

गाउँपालिकाका ७ वटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि सिङ्गो गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको हो ।

चालु आर्थिक वर्षमा १५ महिनादेखि ५ वर्ष मुनिका १२ सय ८२ जना बालबालिकाहरूलाई सरकारले तोकेको १३ किसिमका रोगविरुद्ध खोपहरू लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पूर्ण बहादुर बुढाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *