जनहित अनलाइन, कपिलवस्तु । देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण सहयोग गर्ने श्रमिक वर्गलाई सरकारले बेवास्ता गरेको श्रमिक तथा मजदुरहरुले गुनासो गरेका छन । पछिल्लो समय श्रमिककै बहानामा हुने खानेले फाइदा लिदा हुदा खाने श्रमिक भने मारमा परिरहेको उनीहरुको गुनासो रहेको छ ।
१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन काङ्ग्रेस कपिलवस्तुले आज चारनम्बरर स्थित उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो गुनासो गरेका हुन । अब आफ्नो अधिकार लिनको लागि सम्पुर्ण क्षेत्रका सच्चा श्रमिकहरु एक हुन आवश्यक रहेको उनिहरुले बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन काङ्ग्रेसका पुर्व केन्द्रिय अध्यक्ष खिलनाथ दाहालले श्रमिकको उचित पारिश्रमिक र सेवा सुविधा माग गर्दै सरकारलाइ निरन्तर दबाब दिइरहेको भएपनि खासै चासो नदेखाएको बताउनुभयो । विश्वका अन्य राष्ट्रहरुमा श्रमिकहरुलाई महत्वपुर्ण स्थान दिएपनि नेपालमा भने त्यसो हुन नसक्नु विडम्बना रहेको बताउनभयो ।
त्यस्ते लुम्बिनी प्रदेश अधयक्ष काजिमान श्रेष्ठले श्रमिकहरुको हक अधिकारको बारेमा हामि नै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै नेपाल ट्रेड युनियन काङ्ग्रेस कपिलवस्तुकी अध्यक्ष बालकुमारी पन्तले श्रमिकको कुरा उठ्दा राजनैतिक सोच भन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । युनियन कुनै पार्टी सङ्ग आबद्ध रहेपनि श्रमिक सबै एउटै रहेको अध्यक्ष पन्तको तर्क रहेको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति हुमा कान्त खनाल, कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, युनियनका प्रदेश सहसचिव विष्णु पोख्रेल, युनियन रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेल, युनियन प्युठानका पुर्व अध्यक्ष देव बहादुर जि.सी., बाणगङ्गा नगरपालिका वडा नम्बर १ की वडा सदस्य टोपकला वि.सी., कपिलवस्तु उद्योग बाणिज्य संघकी उपाध्यक्ष मिना पौडेल लगायतले बोल्दै श्रमिकको पक्षमा सबै उभिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काङ्ग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरी, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश क्षेत्री, कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराई, युनियनका प्रदेश, जिल्ला र नगर पदाधिकारी, काङ्ग्रेस जिल्ला, नगर तथा वडाका पदाधिकारी लगायत श्रमिकहरुको सहभागिता रहेको थियो ।
युनियनकी जिल्ला प्रमुख बालकुमारी पन्तको अध्यक्षतामा भएको कार्यक्रम युनियन जिल्ला उपाध्यक्ष जनक बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।







