स्वाभिमान लघुवित्त स् मृतक सदस्यका परिवारलाई ९ लाख बढी बीमा दाबी रकम हस्तान्तरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । परिवारका अभिभावक गुमाउँदाको पीडालाई पैसाले पूर्ति गर्न सक्दैन। तर विपद्को कठिन घडीमा आर्थिक सहाराले पीडित परिवारलाई केही राहत भने अवश्य दिन सक्छ। यही उद्देश्यलाई आत्मसात् गर्दै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको परिवारलाई लघु बीमा कार्यक्रममार्फत आर्थिक सहयोग उपलब्ध गराएको छ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, बनगाई–कपिलवस्तु शाखाद्वारा सञ्चालित केन्द्र नं। ११ अन्तर्गत गजेहडा महिला समूहकी सदस्य श्रीमती गंगा थापा रानाका पति श्री धुर्ब रानाको वि।सं। २०८३ साल जेठ ९ गते भएको असामयिक निधनपछि संस्थाले लघु बीमा कार्यक्रम अन्तर्गत रु। ९ लाख १० हजार बराबरको बीमा दाबी रकम सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको हो।

आयोजित कार्यक्रममा बाणगङ्गा नगरपालिका–४ का वडा अध्यक्ष छविलाल रेश्मी मगरले बैंक चेकमार्फत उक्त बीमा दाबी रकम पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा वडा अध्यक्ष मगर, स्थानीय बुद्धिजीवी कृष्णप्रसाद चौधरी लगायत अन्य स्थानीय अगुवा तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। संस्थाको तर्फबाट केन्द्रीय कार्यालयका प्रतिनिधि अजिमुल्ला दर्जी, शाखा प्रमुख रेशम काफ्ले, कर्मचारी राकेश चौधरी तथा केन्द्र नं। ११ का अन्य १२ जना सदस्यहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले स्वाभिमान लघुवित्तले सञ्चालन गरेको लघु बीमा कार्यक्रम सदस्य तथा उनीहरूको परिवारका लागि विपद्को समयमा महत्वपूर्ण आर्थिक सुरक्षा बनेको बताए। यस्ता कार्यक्रमले सदस्यहरूको आत्मविश्वास बढाउनुका साथै वित्तीय संस्थाप्रतिको भरोसा अझ सुदृढ हुने विश्वास पनि उनीहरूले व्यक्त गरे।

उपस्थित सबैले दिवंगत श्री धुर्ब रानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। साथै, दुःखको घडीमा संस्थाले गरेको आर्थिक सहयोगले परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *