स्वर र अभिनयको सुन्दर संगम ‘मोयै लाउँदैन र’ सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । नेपाली लोकदोहोरी संगीतमा नयाँ स्वाद थप्ने उद्देश्यका साथ तयार गरिएको ‘मोयै लाउँदैन र’ भर्खरै सार्वजनिक भएको छ।
उत्कृष्ट शब्द, कर्णप्रिय संगीत, सुमधुर गायन, आकर्षक कोरियोग्राफी र जीवन्त अभिनयको समिश्रण रहेको यस सिर्जनाले सार्वजनिक हुन साथ दर्शक–श्रोताको ध्यान तान्न सफल भएको छ।
गीतमा बिमल अधिकारीको भावपूर्ण शब्द, श्रीधर अधिकारीको उत्कृष्ट संगीत तथा चर्चित गायिका शान्त रानी परियार र गायक भक्तिराम घिमिरेको सशक्त स्वर सुन्न सकिन्छ। त्यस्तै, जेरी भण्डारीको आकर्षक कोरियोग्राफीले भिडियोलाई थप आकर्षक बनाएको छ।

म्युजिक भिडियोमा आशिम क्षेत्री र गीता ढुङ्गानाको स्वाभाविक तथा मन छुने अभिनय देख्न सकिन्छ। निर्देशन, अभिनय र प्रस्तुतिको सन्तुलित संयोजनले भिडियोलाई अझ प्रभावशाली बनाएको छ।

प्रेम, भावना र नेपाली लोकसंस्कृतिको मिठास बोकेको ‘मोयै लाउँदैन र’ लोकदोहोरी संगीतप्रेमीका लागि उत्कृष्ट कोसेली बन्ने अपेक्षा गरिएको छ। गीत भर्खरै आशिम क्षेत्री युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।जहाँ दर्शक–श्रोताले यसको भरपुर साथ र माया दिने विश्वास गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *