काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू(भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू(भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार बिहान कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। गएको चौबीस घन्टामा लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भूभागमा भारी वर्षा मापन भएको छ। जाजरकोटमा ६८।६ मिलिमिटर, रोल्पाको लिवाङ गाउँमा ६६ मिलिमिटर, सुर्खेतको खानीखोलामा ६४।८ मिलिमिटर वर्षा मापन भएको छ।
अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो देशका हिमाली र पहाडी भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू(भागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू(भागका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।
राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानमा, मधेश प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू(भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भागका एक(दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

