गायिका तथा मोडल वर्षा लम्सालको ‘रंगाएसि सिउँदो’ सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । लोक गायिका तथा मोडल वर्षा लम्सालको नयाँ गीत ‘रंगाएसि सिउँदो’ बजारमा आएको छ । भर्खरै वैवाहिक जीवनमा बाँधिएकी गायिका लम्सालको वैवाहिक जीवनसँग जोडिएको उक्त गीतमा लोक तथा दोहोरी गायक अर्जुन सापकोटा र सुनिता बुढामगरको स्वर रहेको छ ।

गीतमा कपिल पन्थी र रोशन रेग्मीको शब्द रहेको छ भने युनिस अधिकारीले संगीत भरेका छन् । युनिस अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायिका लम्सालको विवाहको भिडियो छायांकन गरिएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो लामो सांगीतिक यात्राको अनुभव भावुक शैलीमा साझा गरेकी छन् ।

उनले लेखेकी छन्, आफूले जीवनमा धनभन्दा धेरै ठूलो कुरा मनदेखि माया गर्ने मानिसहरू कमाएको महसुस भएको छ । सानो सपना र रहरबाट सुरु भएको संगीत यात्रामा धेरै संघर्ष, पीडा र एक्लोपन भए पनि कहिल्यै हार नमानेको उनले उल्लेख गरेकी छन् ।

कपिलवस्तुको बुद्धभूमिमा जन्मिएकी लम्सालले कास्कीका मिलन रेग्मीसंग यही वैशाख ३० गते विवाह गरेकी हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *