कपिलवस्तु । बाणगङ्गा नदिको उदगम स्थाल सहित बाणगङ्गा नगरका विभिन्न धार्मिक स्थलको महिमालाई संक्षिप्त रुपमा समेटेर बनाइएको मौलिक भाकाको भजन प्रस्तुतिले उपस्थित सबैलाइ उत्साहित बनाउदै दोस्रो स्थान हासिल गरेको छ।बाणगङ्गा प्रज्ञा प्रतिश्ठानको आयोजनामा भएको नगर स्तरिय भजन प्रतियोगितामा आज ३३ टिम दर्ता भएमध्ये २९ प्रतियोगी टिम बाट नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठानको दुर्गा भगवती भजन मन्डली समूह दोस्रो हुन सफल भएको छ। सिक्ने सिकाउने अभियान्ताको रुपमा संस्थाका अध्यक्ष बुद्दी सागर बेल्बासेको नेतृत्व मा यश क्षेत्रमा बिगत ११/१३ बर्सदेखी अनवरत रुपमा सोरोठी,मारुनी,झ्याउरे,देउसी भैलो संगै भजन बिधामा समेत पुस्ता हस्तान्तरण गर्न गराउन यश क्षेत्रमा प्रतिस्ठानले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको यश क्षेत्रका संस्कृति प्रेमी आम जनताको बुझाइ रहेको छ।
समुहका प्रस्तुतिहरुको आकर्षण यो जिल्लामा मात्र नभै रुपन्देही ,अर्घाखाँची पोखरा समेत आफ्ना प्रस्तुति प्रदर्शन का लागि निमन्त्रणामा पुगेको र बिदेशबाट समेत यो टिमका मौलिक प्रस्तुतिको माग भएपनी समुहको सहभागिताक लागि केही प्राबिधिक समस्याले अहिलेसम्म देश बाहिर नगएको तर अब सबै सहभागी सदस्यलाइ आआफ्ना कागजात हरु तयार गराइ सम्भवत आगामी तिज दसै तिहार का प्रस्तुति प्रदर्सन का लागि देश बाहिर समेत सहभागिता जनाउने तयारी गरिर्हेको संस्थाका अध्यक्ष एबम सहभागी हरुले जानकारी गराउनुभएको छ। आज भएको भजन प्रतियोगितामा संस्थाका अध्यक्ष बुद्दी सागर बेल्बासे सह सचिब लक्ष्मण घिमिरे आजिवन सदस्य लिलावती घिमिरे झबिलाल घिमिरे घनश्याम घिमिरे दिपक बेल्बासे कृष्ण प्रसाद घिमिरे मधु आचार्य राम प्रसाद घिमिरे बाल कलाकार निरब अधिकारी को सहभागिता रहेको थियो। यश अघि पोखराको गण्डकी कोटिहोममा पनि सुन भक्त हो ,,कोटिहोम दर्शन गर्न जाउ,, कोटिहोम दर्शन गरि पुण्य कमाउ।
सेती काली नाम तिम्ले पाई भन्ने शिर्षक मा पौराणिक र किम्वदन्ती का श्रोतको आधारमा पोखरा का प्रसिद्द धार्मिक स्थलहरु बिन्ध्यवासिनि,ताल वाराही,गुप्तेश्वर,सेती नदि र काली नदिको संक्षिप्त वर्णनको मौलिक भाकाले उक्त कोटिहोममा सहभागी ३०० भन्दा बढी समुहमा आम दर्सक,आयोजक र निर्णायक को ध्यान केन्दित गरि प्रोत्साहित हुन सफल भएको थियो। उक्त भजन र बाणगङ्गा नदिको महिमा उदगम स्थल भेडामारे आरिखोला देखि भारत गंगा सम्मको संक्षिप्त परिचय सहित बाणगङ्गा नगरभित्रका उल्लेख्य पबित्र धार्मिक स्थलको वर्णन सहित मौलिक लोक भजन बग्यौ गंगा माइ— बाणगङ्गा नाम तिम्ले पाई भन्ने भजन संस्थाका अध्यक्ष बुद्दी सागर बेल्बासेको आफ्नै रचना रहेको थियो। आज वाणगंगा नगरप्रज्ञा प्रतिष्ठानका अध्यक्ष बालाराम ज्ञवालिको अध्यक्षतामा भएको कार्यक्रममा वाणगंगा नगर पालिकाको आर्थिक व्यावस्थापनसँगै समन्वय तथा बोलवमधाम समिति लक्ष्मणघाटको विशेष सहयोगका साथ सु- सम्पन्न भएको छ।उक्त कार्यक्रम को प्रमुख अतिथी नगर प्रमुख चक्र अर्याल,विशिष्ट अतिथी उपप्रमुख रिता चौधरी ,कार्यकारी प्रमुख भक्तिराम मरासिनी लगायत हुनुहुन्थ्यो ।
नगर स्तरीय भजन प्रतियोगितामा भक्तिभाव भजन समूह ,मधुवन प्रथम ,परम्परागत लोक संस्कृति प्रतिस्ठानको दुर्गा भगवती भजन मंडली समूह वैरिया द्वितीय ,हिलवोर्ट बोर्डिङ स्कुल भजन समूह तृतीय र प्रकटेश्वर भजन समूह पिपरा तथा वभनी दुर्गा भजन समूहले सान्त्वना स्थान हासिल गरेकोले हार्दिक बधाई तथा सहभागी सबै २९ समूहको मूल्यांकन संयोजक लेखनाथ घिमिरे सदस्य थानेश्वर अधिकारी र खेम चौधरी रहनुभएको थियो।कार्यक्रम संचालन लोक दोहोरी गायक पुर्णचन्द्र परियारले गर्नुभएको थियो।


