मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शपथ लिनुभएको छ । आइतबार मधेशको राजधानी जनकपुरधामस्थित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

यादव मधेश प्रदेश सरकारको दोस्रो कार्यकालको पाँचौँ मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *