कपिलवस्तु ।कपिलवस्तुको विजयनगर गाउँपालिका(२ मा महुवादुधार युवा क्लबको आयोजनामा दोस्रो संस्करणको महुवादुधार प्रिमियर लिग ९एमपीएल० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
स्थानीय स्तरमा प्रतिभा पहिचान र खेलकुदप्रति युवाहरूलाई आकर्षित गर्ने उद्देश्यसहित सुरु गरिएको प्रतियोगितामा १९ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष समसाद खानले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाण(पत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले १२ हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाण(पत्र पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सांसद जानकी प्रसाद यादवले विश्वमा माझ यस खेलले चिनाउने अवसर प्रदान गर्ने बताए । खेलकुदले युवालाई अनुशासित, सक्रिय र समाजप्रति जिम्मेवार बनाउने उनले बताए ।
यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले युवाहरुको साँचोले खेलाडीको प्रतिभा प्रदर्शन र प्रोत्साहन गर्ने बताए । उनले खेलकुदको माध्यमबाट चिनाउने, भविष्य देख्ने प्रयास भएको जिकिर गरे । आर्थिक, व्यावसायिक रुपले पनि महत्त्व बढ्नुको साथै यसले एकता, सद्भाव बढेको अध्यक्ष थापाको भनाई छ ।
यसैगरी २ का वडा अध्यक्ष नेपाल चौधरीले बोल्दै उनीहरूले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र भाइचारा बढाउने उल्लेख गर्दै भविष्यमा अझ ठूलो स्तरमा प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।


