जनहित अनलाईन, कपिलवस्तु । दुई हप्ता अगाडी सार्वजनकि ‘खोली सलल’ बोलको गीत दर्शकको रोजाइमा पर्दै गएको छ । कपिलवस्तु जिल्ला बाट उदाएका संगम पौडेलको शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित गायक खेम शेन्चुरी र शान्तारानि परियारको स्वर रहेको छ । कपिलवस्तु निवासी संगम पौडेलको यो पहिलो सिर्जन समेत रहेको छ ।
प्रेमको भाव झल्किने उक्त गीतको छायाङ्कन समेत उत्कृष्ट रहेको छ ।
संगम पौडेल नामक युट्युब च्यान बाट प्रकाशन भएको उक्त गीतमा काजिश श्रेष्ठ, यशु भट्टराइ र शिबु पाण्डेको अभिनय रहेको छ । कृष्ण लामिछाने र युनिश अधिकारिको लय, रहेको गितको कोरियोग्राफि भने काजिश श्रेष्ठले गरेका हुन ।
हेर्नुहोस् पुरा भिडियो

