वैशाख यता विपद्का घटनामा परी २०० भन्दा बढीको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । देशभर गत वैशाख महिना यता विपद्का मुख्य घटनामा परी २०० जनाभन्दा बढीको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हिजो (भदौ १४ गते) सम्म भएका विपदका ३ हजार २८१ वटा घटनामा २०७ जनाको ज्यान गएको हो। विपदमा परि अझै २२ जना बेपत्ता भएका छन् भने ७७४ जना घाइते अवस्थामा छन्।

बाढी, पहिरो, भारी वर्षा, चट्याङ्ग, आगलागी, हावा हुरी, असिना, सर्पदंश, लेक लाग्नु, जनावरको आक्रमण जस्ता विपद् जन्य घटना भएका छन्, जसबाट यस अवधिमा ५ हजार ९६३ परिवार प्रभावित भएका प्राधिकरणले जारी गरेको बुलेटिनमा उल्लेख छ।

सबैभन्दा धेरै ७२ जनाको मृत्यु सर्पले टोकेर भएको छ भने चट्याङ्ग लागेर ३१, बाढीमा परी २७ र पहिरोले १८ जनाको ज्यान लिएको छ। विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका १ हजार १९७ वटा घटना भएका छन्, जसमा परेर १५ जनाको मृत्यु, १६५ जना घाइते भएका छन्।

चौबीस घण्टामा ३७ जिल्ला विभिन्न घटनाले प्रभावित भएको छ। १७ जिल्लामा पहिरो, ९ जिल्लामा आगलागी, ५ जिल्लामा पहिरो र ६ जिल्ला अविरल वर्षाका कारण प्रभावित रहेको प्राधिकरणले उल्लेख गरेको छ।

गत शुक्रबारदेखि  हिजोसम्म भएका ४७ वटा विपद्का घटनामा ३ जना घाइते भएका छन् भने ८ जनाको उद्धार गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *