स्टेशनरी र कपडा पसलमा उत्कृष्ट पहिचान बनाउदै प्रांशु फेसन कलेक्शन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चार नम्बर, दर्शन चोकमा १ महिना अघि सञ्चालनमा आएको प्रांशु फेसन कलेक्शन अहिले कपिलवस्तुको सस्तो कपडा पसलको पहिचान बनाउन सफल भएको छ । रुपैया ९० /  १९० / २९० /३९० / ४९० र सो भन्दा माथिका स्थिर मूल्यमा बच्चा , महिला तथा पुरुष सबैका लागि  उपलब्ध हुने गरी कपिलवस्तुमा सस्तो मुल्यमा हरेक किसिमका गुणस्तरीय कपडा सहितको सेवा सञ्चालनमा आएको हो ।
कपिलवस्तुको चारनम्बर, दर्शन चोकको पृथ्वीनारायण शाहको सालिक छेवैमा रहेको घरमा सञ्चालनमा आएको प्रांशु फेसन कलेक्शनले छेवैमा रहेको सटरमा प्रांशु स्टेसनरी समेत सञ्चालनमा ल्याएको छ । जहाँ सम्पूर्ण तह र विषयका पुस्तक , स्टेसनरी , खेलकुद , गिफ्ट तथा खेलौनाका सामग्रीको सेवा उपलब्ध रहेको कलेक्शनका सञ्चालक बबिता शर्माले बताउनुभयो । वर्तमान समयमा युवा तथा व्यवसायीहरू परदेशिने अवस्था र आर्थिक मन्दीको समयमा समेत साहस गरेर आफूले स्वदेशमै व्यापार व्यवसायलाई प्रर्वद्धन गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो । कपिलवस्तु जिल्लामा सस्तो कपडा पाइने पसलको रूपमा आफूहरूले पहिचान बनाउन सफल भएको उहाँले दाबी समेत गर्नुभयो ।
साथै उहाँले  प्रांशु फेसन कलेक्सन, दर्शन चोक,कपिलवस्तुको छेवैमा प्रांशु स्टेसनरी सञ्चालनमा ल्याएका छौँ , विगतमा फेन्सी पसलमा तपाईंको साथ सहयोग र सेवाको अवसर मिलेजस्तै आगामी दिनहरूमा पनि दुवै पसलमा सेवाको मौका दिनुहोला समेत भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *