जनहित अनलाइ, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ मा एच.पि.भि खोप अभियान बारे स्वयंसेविका तथा स्वयंसेवकहरुलाई अभिमुखिकरण गरिएको छ । पाठेघरको मुखको क्यान्सर रोगको रोकथामको लागि शितगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन हुन लागेको उक्त अभियान बारे अभिमुखिकरण गरिएको नवराज भुषालले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
शितगंगा नगरपालिका भित्रका १० वर्ष देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई माघ २२ गतेदेखि २७ गते सम्म उक्त खोप लागाइने स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले जनहित सङ्ग बताउनुभयो ।


