रोटरी क्लब अफ कपिलवस्तुले हजार बिरुवा रोप्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले आज वृक्षरोपण कार्य सम्पन्न गरेको छ । रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटान प्रमुख अभियान अन्तर्गत उक्त वृक्षरोपण गरिएको हो ।रोटर क्लब अफ कपिलवस्तुको आयोजना तथा शिवमन्दिर सामुदायिक वन र श्रीङ्गिघाट सामुदायिक वनको सहयोगमा सपोर्टीभ इन्भ्वारमेन्ट कार्यक्रम अन्तर्गत कपिलवस्तुमा १ हजार ८ विरुवा रोपिएको कार्यक्रमकी संयोजक कमला सेन (सुष्मा) ले बताउनुभयो । आज कपिलवस्तु सहित देशैभर ५० हजार विरुवा रोपिने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै मोतिपुर सव डिभिजन वन कार्यालयका प्रमुख अध्यक्ष एजाज अहमत अंसारीले बिरुवा, बिरुवाले उत्पादन गर्ने अक्सिजन र मानव तथा सम्पुर्ण प्राणी जगतमा त्यसको महत्व बारे प्रष्ट्याउनुभएको थियो । उहाँले बिरुवा लगाउने तरिका समेत सिकाउनुभएको थियो । प्रमुख अंसारीले वन क्षेत्रको बिनासकै कारण पछिल्लो समय जलवायु परिवर्तन तिब्र गतिमा भैरहेको बताउनुभयो । बिरुवा लगाएर मात्र नहुने भन्दै त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै आयोजक संस्था रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनकी जिल्ला अध्यक्ष रेखा शर्माले समग्र प्राणी जगतकै रक्षाका लागि पनि बिरुवा रोप्दै वन क्षेत्रको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । क्लबले समाजका हरेक क्षेत्रमा काम गर्दै आइरहेको भन्दै सन्तुलित वातावरणय निर्माणका लागि वृक्षरोपण गरेको बताउनुभयो ।

वृक्षरोपण कार्यक्रममा पिपरा सव डिभिजन वन कार्यालयका प्रमुख मोहन मिश्र, शिव मन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरी, श्रीङ्गिघाट सामुदायिक वनका अध्यक्ष शुसिल सिंह ठकुरी, रोटरी क्लब अफ कपिलवस्तुका पदाधिकारी, रोट्र्याक्ट तथा इन्ट्र्याक्ट क्लबका विद्यार्थी लगायत गरि करिब १५० बढीको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *