रोटरी क्लब अफ कपिलवस्तुले हजार बिरुवा रोप्यो

चेतन विष्ट, कपिलवस्तु । रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले आज वृक्षरोपण कार्य सम्पन्न गरेको छ । रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटान प्रमुख अभियान अन्तर्गत उक्त वृक्षरोपण गरिएको हो ।रोटर क्लब अफ कपिलवस्तुको आयोजना तथा शिवमन्दिर सामुदायिक वन र श्रीङ्गिघाट सामुदायिक वनको सहयोगमा सपोर्टीभ इन्भ्वारमेन्ट कार्यक्रम अन्तर्गत कपिलवस्तुमा १ हजार ८ विरुवा रोपिएको कार्यक्रमकी संयोजक कमला […]
चन्द्रौटा स्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा भीषण आगलागी

कपिलवस्तु । चन्द्रौटा स्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा भीषण आगलागी भएको छ । आगलागि बाट कार्यालयका अचल सम्पत्ति, इलेक्ट्रोनिक उपकरण, फर्निचर तथा महत्वपूर्ण कागजातहरू पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार बिहान करिब साढे आठ बजेतिर आफुहरुलाई खबर आएको र स्थानिय, प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो […]
कपिलवस्तुमा घरेलु हिंसाका ९० प्रतिशत उजुरी मिलापत्रमा समाधान

कपिलवस्तु । विगत केही वर्षअघिसम्म लोकलाज, डर त्रास लगायतका कारण महिलाहरू आफूमाथि परेको घरेलु हिंसा सहेर बस्ने गर्थे। अहिले भने उनीहरू खुलेर बाहिर ल्याउन थालेका छन्। श्रीमान्, सासु, ससुरा लगायतबाट हिंसामा परेका उनीहरू अहिले न्यायका लागि बाहिर आउन थालेका हुन्। घरमा सीमित हुने घरेलु हिंसा बाहिर आए पनि जिल्लामा भने अधिकांश मुद्दा मिलापत्रमा समाधान […]
बाणगंगाको पिपरा अस्पतालमा पहिलोपटक हाइड्रोसिलको सफल शल्यक्रिया

बाणगंगा । कपिलवस्तुको बाणगंगा २ पिपरा अस्पतालमा जनरल सर्जरी सेवा सुरु भएको छ । जनरल सर्जन डाक्टर आए सँगै यो सेवा सुरु भएको हो । शुक्रवार अस्पतालमा पहिलो पटक हाइड्रोसिलका बिरामिको अप्रेसन गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–१ का एक बिरामीको हाइड्रोसिलको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रशासन प्रमुख राजु सुनारीले जानकारी दिए । उक्त शल्यक्रिया […]
प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन् । नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३ औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास स् अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट […]
नक्कली लालपुर्जा जारी गरेको आरोपमा बुटवलमा मालपोत अधिकृतसहित २ जना पक्राउ

बुटवल । मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जनालाई पक्राउ परेका छन् । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगली सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]