कपिलवस्तु । चन्द्रौटा स्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा भीषण आगलागी भएको छ । आगलागि बाट कार्यालयका अचल सम्पत्ति, इलेक्ट्रोनिक उपकरण, फर्निचर तथा महत्वपूर्ण कागजातहरू पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार बिहान करिब साढे आठ बजेतिर आफुहरुलाई खबर आएको र स्थानिय, प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो ।
प्रहरीका अनुसार बैँकले करिब ३० लाखको क्षति भएको दाबी गरेको छ । तर क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएपनि यकिन भने हुन सकेको छैन ।


