रास्वपाको प्रथम बाणगंगा नगर अधिवेशन भोलि हुदैं

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर अधिवेशन हुने भएको छ। रास्वपाको बाणगंगा नगर समिति, कपिलवस्तुले जेठ ११ गते सोमबार प्रथम अधिवेशन आयोजना गर्न लागेको जनाएको हो।

नगर समितिका अनुसार अधिवेशन बाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थित पिस हिमालय रिसोर्टमा सञ्चालन हुने छ। अधिवेशनमार्फत नगर समितिको नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन सुदृढीकरण, आगामी कार्यदिशा तथा स्थानीय तहमा पार्टीको भूमिका सम्बन्धी विषयमा व्यापक छलफल गरिने बताइएको छ।

कार्यक्रममा सांसद, केन्द्रीय तथा जिल्ला तहका नेताहरू, नगर समितिका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। अधिवेशनलाई सफल बनाउन विभिन्न तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।

रास्वपाले पछिल्लो समय देशभर आफ्नो संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेका बेला बाणगंगामा हुन लागेको यो प्रथम नगर अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ। अधिवेशनले स्थानीय स्तरमा पार्टी संगठनलाई अझ मजबुत बनाउने तथा आगामी राजनीतिक गतिविधिका लागि नयाँ रणनीति तय गर्ने विश्वास लिइएको छ।

नगर समितिले सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा आम नागरिकलाई कार्यक्रममा उपस्थित भई अधिवेशन सफल बनाउन आग्रह समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *