जनहित अन्लाइन, कपिलवस्तु । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा दिन प्रतिदिन तिज गितहरु आईरहेका छन् । लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा चर्चा बटुल्दै आएका गायक गायिका रायमाझी परिवारले तिज गित “नक्काले भिनाजु ८” सार्बजनिक गरेका छन् ।
गित संगितको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रायमाझी परिवारका दर्जनौ गीत चर्चामा छन् । हरेक वर्ष तीज आउदा बित्तिकै रायमाझीका शुभचिन्तकले तीज गीत खोज्न थाल्छन् । हुनत रायमाझी परिवारले हरेक वर्ष तीज गीत बजारमा ल्याउने गरेका छन् । तिजलाई लक्षित गरिे यो वर्ष पनि तीज गीत सार्वजनिक गर्न सफल भएको गायक विशाल रायमाझीले बताए ।
गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गीतमा विशाल,हरिमाया र शर्मिला रायमाझी को स्वर रहेको छ । गीतको शब्द र लय सिर्जना विशाल रायमाझी आफैँले गरेका छन् । एरेन्ज सुनिल परियारले गरेका छन् । गीतको म्युजिक भिडियोमा एलिना रायमाझी,सञ्चिता बोलाखे,विशाल रायमाझी,अभिषेक खड्काको अभिनय रहेको देख्न सकिन्छ । गीत विशाल रायमाझी युटुव च्यानलबाट सार्वजनिक भएको छ ।


