जनहित अनलाई,कपिलवस्तु । पछिल्लो समय अर्घाखाँचीका विभिन्न गाउँहरुमा विकास निमार्णका कामहरु तीव्र गतिमा भैरहेका छन । बसाईसराइले पहाडका विभिन्न ठाउँहरु रित्तिदै गइरहेको समयमा त्याँहा भएका विकास निर्माणका कामले बसाइसराइलाई रोक्न मद्धत पुग्ने पनि विश्वास लिइएको छ । बसाईसराईको समस्याले अर्घाखाँचीको शितगंगा नगरपालिका र उक्त नगर भित्र पर्ने वडा नम्बर १३ लाई पनि सताएको छ ।
कपिलवस्तु जिल्लाको सिमानामा रहेको शितगंगाको वडा न.१३ मा बसाईसराइ रोक्न भन्दै धेरै विकल्पहरुको खोजि गरिएको छ । विद्युत, पानी, बाटो लगायत विभिन्न सुविधाहरुलाई लगिदै गैरहेको छ।
बसाइसराइलाई मध्यनजर गर्दै ‘म बनाउछू मेरो गाउँ’ अभियान लिएर वडा कार्यलय नजिकै भोटेबजार नेचुरल पार्क निमार्ण गरिएको छ । जहाँ सम्पुर्ण उमेर समुहका मानिसहरु पुगेर फोटो, भिडियो कैद गर्ने र प्रकुतिसँग रमाउन सक्ने जनाइएको छ ।
जिल्लाकै प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर दर्शन गर्न देश तथा बिदेशका विभिन्न ठाउँ बाट आउन पर्यटक उक्त पार्कमा पनि पुग्न सक्ने जनाइएको छ । जहाँ बाट सिमलपानीको मनोरम दृश्य हेर्ने सकिन्छ

।निर्माण कार्य लगत्तै आर्कषक बनाउदै लगिएको नेचुरल पार्कमा सबैलाइ एक पटक आएर अवलोकन गगर्दै थप सल्लाह सुझाव दिन वडा अध्यक्ष बि.सी ले आग्रह समेत गर्नुभयो ।


