मोबाइल चोरी आरोपमा कुटिएका दलित युवाको मृत्यु, हत्या दाबी गर्दै प्रहरीमा जाहेरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रौतहट । रौतहट कटहरियाका २८ वर्षीय दलित युवक नसिव बैठकलाई मोबाइल चोरीको आरोपमा कुटपिट गरी ११ भदौमा मृत्यु भएको छ।
कुटपिटमा संलग्न ३२ वर्षीय गर्भुदयाललाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ भने अन्य तीनजनाको खोजी भइरहेको छ।
मृतक परिवारले दलित र गरिब भएकै कारण झुटो आरोप लगाएर हत्या भएको दाबी गर्दै दोषीमाथि कडा कारबाही र क्षतिपूर्ति माग गरेका छन्।
१५ भदौ, जनकपुरधाम । मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका रौतहटका एक दलित युवाको मृत्यु भएको छ । वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका(४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको हो ।

मृतकका भाइ दर्शन बैठाका अनुसार घटना १६ र १७ साउनको हो । १६ साउनमा कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको आरोप लगाएर अन्य केही युवाको सहयोगमा नसिवमाथि कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *