माछा मार्ने क्रममा गुल्मीमा एक जनाको ज्यान गयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गुल्मी । खोलामा माछा मार्ने क्रममा गुल्मीको छत्रकोट गाउँपालिका–२ दाँइछाप बुटिलगाँउका ४५ वर्षीय ज्ञानबहादुर राकसको ज्यान गएको छ ।

राकसको शव आज बिहान रेग्दी छहरामा रहेको बडिगाढ खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

हिजो बेलुका घरबाट माछा मार्न भनी खोलामा निस्किनुभएका उहाँ राति अबेरसम्म घरमा नफर्केपछि परिवारले खोजी थालेको थियो । हिजो बेलुका त्यस क्षेत्रमा हावाहुरीसहित ठूलो पानी परेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *