पोखरामा नगरबस दुर्घटना, २२ जना घाइते

पोखरा । पोखरा महानगरपालिका–२२ स्थित विश्व शान्ति स्तूप नजिकै बुधबार दिउँसो नगरबस दुर्घटना भएको छ। ग १ ख ३८८६ नम्बरको सो बसमा २६ जना सवार रहेका थिए। प्रहरीका अनुसार दुर्घटनामा २२ जना घाइते भएका छन्, जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी पोखरास्थित विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ। स्थानीय राजु […]
अझै केही दिन तराईमा अत्यधिक गर्मी हुने

काठमाण्डौ । केही दिनदेखि देशका धेरै ठाउँको अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेकाले गर्मी बढी भइरहेको छ । पछिल्लो समय काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३१–३३ डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो ३१ दशमलव १ डिग्री पुगेको काठमाण्डौ उपत्यकाको तापक्रम आज ३३ डिग्री सेल्सियस पुग्ने अनुमान छ । यस्तै लुम्बिनी […]
बिहेमा नाचगान गरिरहेकामाथि करेन्ट लाग्दा २ महिलाको मृत्यु

विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ। गएराति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो। छिमेकी मंगललाल सिंहका छोराको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेको थियो जसमध्ये दुई जनाको मृत्यु भएको हो भने स्थानीय ३० वर्षीया […]
माछा मार्ने क्रममा गुल्मीमा एक जनाको ज्यान गयो

गुल्मी । खोलामा माछा मार्ने क्रममा गुल्मीको छत्रकोट गाउँपालिका–२ दाँइछाप बुटिलगाँउका ४५ वर्षीय ज्ञानबहादुर राकसको ज्यान गएको छ । राकसको शव आज बिहान रेग्दी छहरामा रहेको बडिगाढ खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । हिजो बेलुका घरबाट माछा मार्न भनी खोलामा निस्किनुभएका उहाँ राति अबेरसम्म घरमा […]