पोखरामा नगरबस दुर्घटना, २२ जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा । पोखरा महानगरपालिका–२२ स्थित विश्व शान्ति स्तूप नजिकै बुधबार दिउँसो नगरबस दुर्घटना भएको छ। ग १ ख ३८८६ नम्बरको सो बसमा २६ जना सवार रहेका थिए।

प्रहरीका अनुसार दुर्घटनामा २२ जना घाइते भएका छन्, जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी पोखरास्थित विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ। स्थानीय राजु क्षेत्रीका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ। यद्यपि, बस दुर्घटनाको कारण अझै खुलेको छैन ।

दुर्घटना स्थल विश्व शान्ति स्तूप क्षेत्र पर्यटनको दृष्टिले महत्त्वपूर्ण मानिन्छ, जहाँ सडक साँघुरो र घुमाउरो हुने भएकाले यसअघि पनि दुर्घटनाका घटनाहरू देखिएका छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *