कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट एक दशकभन्दा बढी समयदेखि निजी शैक्षिक संस्थाको रूपमा सञ्चालनमा रहेको लुम्बिनी लर्निङ सेन्टर (हालको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि.) ले आफ्नै शैक्षिक विशेषता झल्काउने गीतको छायाङ्कन सम्पन्न गरेको छ।
अब केही दिनमै उक्त गीतको भिडियो सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको संस्थाले जनाएको छ।

लुम्बिनी प्रदेशमा स्थापित प्रमुख शैक्षिक संस्थामध्ये एकको रूपमा चिनिएको ब्राइट लुम्बिनी इन्टरनेशनलले केही साता अघि आफ्नो बाह्रौँ वार्षिकोत्सवका अवसरमा सो गीतको अडियो सार्वजनिक गरेको थियो।
अहिले भने सोही गीतको भिडियो तयार भइसकेको प्रबन्धक असिम कँडेल क्षेत्रीले जानकारी दिए।
भिडियो युट्युबमार्फत सार्वजनिक हुने
उनका अनुसार अबको केही दिनमै भिडियो असिम क्षेत्री नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। लोक तथा दोहोरी गायक बिक्रम परियार र गायिका शान्ता रानी परियारको स्वर रहेको गीतमा नविन परियारको शब्द, बिक्रम परियारको सङ्गीत, तथा सुनिल परियारको सङ्गीत संयोजन रहेको छ।
गीतको भिडियो अबिरल फिल्म्स प्रा.लि. ले छायाङ्कन गरेको हो भने कोरियोग्राफी सुमन पौडेल र निर्देशन विष्णु भट्टराईले गरेका हुन्।
भिडियोमा संस्थाका प्रबन्धक असिम क्षेत्री र मोडल राधिका श्रेष्ठको प्रमुख अभिनय तथा नृत्य हेर्न पाइनेछ।
स्थानीय पर्यटकीय क्षेत्रहरूमा गरिएको छायाङ्कन
गीतको छायाङ्कन बाणगंगा नगरपालिका भित्रका प्रमुख स्थानहरू — राजापानी, जितपुर मन्टेश्वरी परिसर, र ब्राइट लुम्बिनी इन्टरनेशनलको कार्यालय परिसरमा गरिएको प्रबन्धक क्षेत्रीले बताए।
भविष्यको सुरक्षित तयारीका लागि भाषा शिक्षा मुख्य विषयवस्तु
करिब सात मिनेट लामो उक्त गीतमा विद्यालय शिक्षा पछिको अन्तर्राष्ट्रिय भाषा अध्ययन र त्यसअनुसार विद्यार्थीहरू जापान, कोरिया लगायतका देशतर्फ जाने क्रमलाई गीतको मूल सन्देश बनाइएको छ।
ब्राइट लुम्बिनीले विगत १२ वर्षदेखि उत्कृष्ट ढंगमा जापानी र कोरियन भाषा कक्षा सञ्चालन गर्दै आएको र थुप्रै विद्यार्थीलाई वैदेशिक अध्ययन तथा रोजगारीमा पठाउँदै आएको उल्लेख गरिएको छ।
पछिल्ला वर्षहरूमा शतप्रतिशत परीक्षाफल ल्याउने सफलतासहित संस्था विद्यार्थीहरूको विश्वासिलो रोजाइ बन्दै गएको छ। हाल सयौँ विद्यार्थीले यहाँ अध्ययन गरिरहेका छन्।
संस्थाले तयार पारेको गीत र भिडियोले शैक्षिक संस्था र विद्यार्थीहरूको भविष्यलाई उजागर गर्ने उद्देश्य राखेको जनाइएको छ।


