बैजलपुर सामुदायिक वनले गर्यो एक सय विपन्न परिवारको स्वास्थ्य बिमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा स्थित बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुको स्वास्थ्य बिमा गरेको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम अनुसार गरिबी न्युनिकरण अन्तर्गत उक्त कार्यक्रम गरिएको वनका अध्यक्ष सत्यनारायण थारुले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

थारुका अनुसार गरिब तथा विपन्न वर्गका १ सय उपभोक्ताहरुको स्वास्थ्य बिमा गरिएको हो । उपभोक्ताहरुलाई सहज गराउने उद्देश्यले बिमा कार्यक्रम बनको भवनमा गरिएको थियो ।

वनले निशुल्क स्वास्थ्य बिमा गरिदिएपछी सेवा बाट लाभान्वित भएका उपभोक्ताहरु हर्षित बनेका छन ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्रको प्रमुख आतिथ्यता, बाणगङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा वनला सल्लाहकार समिती संयोजक विष्णु प्रसाद पौडेलको विशिष्ट आतिथ्यता, स्वास्थ्य बिमा जिल्ला संयोजक वशिष्ठ तिवारी, वनका पदाधिकारी, उपभोक्ता, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *