सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गर्दै श्रृङ्गिघाट सामुदायिक वन

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले प्रहरीलाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरेको छ । विहिबार वनले चारनम्बरमा भएको प्रभातफेरी कार्यक्रममा ईलाका प्रहरी कार्यालय र शसस्त्र वेस क्याम्प पिपरालाई २ /२ ओटा अग्नि नियन्त्रण उपकरण (फायर ईक्सटिङ्ग्वीसर) हस्तान्तरण गरेको वनका अध्यक्ष सुसिलसिंह ठकुरीले जानकारी दिए । वनको बार्षिक स्वीकृत कार्यक्रमको विपद […]

बैजलपुर सामुदायिक वनले गर्यो एक सय विपन्न परिवारको स्वास्थ्य बिमा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा स्थित बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुको स्वास्थ्य बिमा गरेको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम अनुसार गरिबी न्युनिकरण अन्तर्गत उक्त कार्यक्रम गरिएको वनका अध्यक्ष सत्यनारायण थारुले जनहित अनलाइन सङ्ग बताउनुभयो । थारुका अनुसार गरिब तथा विपन्न वर्गका १ सय उपभोक्ताहरुको स्वास्थ्य बिमा गरिएको हो […]