बुद्ध प्रोफेसनल एकेडेमीमा यस वर्ष पनि निशुल्क ब्रिज कोर्ष सञ्चालन हुने 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बिष्णु खरेल, कपिलवस्तु । बाणगंगाको चारनम्बरबाट विगत एक दशक देखी यस क्षेत्रमा शिक्षण प्रदान गर्दै आएको बुद्ध प्रोफेसनल एकेडेमीले विगतमा जस्तै यस वर्ष पनि निशुल्क ब्रिज कोर्ष सञ्चालन गर्ने भएको छ । 


न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरू पनि छात्रवृत्ति तयारी कक्षा लिनबाट बञ्चित नहोऊन भन्दै एस ई ई दिएर तयारी कक्षा लिन चाहने सबै विद्यार्थीलाई निशुल्क दक्ष अनुभवी बुटवल काठमाडौँका शिक्षकद्वारा अध्यापन गराइने संस्थाका प्रबन्धक नेत्र भुसालले जनहित अनलाइन सँग बताउनु भयो ।    


त्यस्तै उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहनेहरूलाई शतप्रतिशत ग्यारेन्टी सिओइ सँगै
निशुल्क जापानिज  भाषाका कक्षाहरू सञ्चालन भैरहेको बताउनु भयो । 


यता ग्यारेन्टी सहित डिजिटल माध्यमद्धारा कोरियन भाषा र कम्प्युटरका सम्पूर्ण लेभलका कक्षाहरू विभिन्न अफर र विशेष छुट सहित  सञ्चालनमा रहेको  संस्थाका प्रमुख जिवराज भट्टराईले बताउनु भयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *