जनहित अन्लाइन, कपिलवस्तु । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज दिन प्रतिदिन नजिकिँदै छ । बजारमा नयाँ तिज गितहरु आईरहेका छन् । जनै पूर्णमाको अवसर पारेर लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेकी चर्चित गायीका बिमता घर्ति मगर र चर्चित गायक खेम सेन्चुरीको सहकार्यमा तिज गित “कृष्णजि को मुरली ” सार्बजनिक भएको छ ।
गित संगितको क्षेत्रमा फरक पहिचान बनाउन सफल घर्ति र सेन्चुरीको सहकार्यमा रहेका केहि गितहरु चर्चामा समेत रहेका छन ।
हुनत गायिका घर्ति गित र शैक्षिक यात्रा संगै गरिरहेको हुँदा बजारमा छिटो छिटो कोशेलि लिएर आउदैनिन तर जति लिएर आएकि हुनछिन सबै दर्शकले रोजाइमा परेका हुन्छन । यसपालि कृष्ण जन्म अष्टमिलाइ लक्षित गदै “कृष्ण जि को मुरली ” बजारमा ल्याएको घर्तिले बताउछिन ।
गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । बिमता घर्ति र खेम सेन्चुरीको स्वर रहेको गितमा शब्द नेत्र अर्याल, लय तथा सिजृना खेम सेन्चुरीको रहेको छ । गितमा ओभि रायमाझी, बिनादे भण्डारीसंगै गायक,गायिककोे पनि अभिनय र नुत्य देख्न सकिन्छ । गीत बिमता घर्ति य्टुब च्यानलबाट सार्वजनिक भएको छ ।


