जनहित अनलाइन, कपिलवस्तु । बाणगंगा नगरपालिकामा सञ्चालित प्रथम आधारभूत तहको खेलकुद प्रतियोगिताको उपाधि सुर्योदय माध्यमिक विद्यालय बरवाले हात पारेको छ । चारनम्बर स्थित बुद्ध रङ्गशालामा भएको उक्त प्रतियोगितामा ६ स्वर्ण र १ कास्यसहित बरवाले उपाधि हात पारेको हो ।
बाणगंगा नगरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. का अनुसार उपाधि हात पारेसंगै बरवाले प्रोत्साहन स्वरुप ३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उनका अनुसार ३ स्वर्ण, ५ रजत, २ कास्यसहित हेमराज मावि हथौसा द्धितीय र ३ स्वर्ण, १ रजत, २ कास्यसहित होराईजन मावि तृतीय भएको छ । द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः २० हजार र १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको शाखा प्रमुख जिसीले जानकारी दिए ।


