कपिलवस्तुको मायादेबीमा राष्ट्रपति रनिङ शील्ड तथा अध्यक्ष कप सुरु

कपिलवस्तु । कपिलवस्तुको मायादेबी गाउपालिकामा राष्ट्रपति रनिङ शील्ड तथा अध्यक्ष कप प्रतियोगीता सुरु भएको छ । पुर्व मन्त्री तथा भारतकालागि पुर्व नेपाली राजदुत दीप कुमार उपाध्यायले दीप प्रज्जवलन गरी प्रतियोगीताको शुभारम्भ गरेका थिए । सो अवसरमा उनले स्वास्थ्य र प्रतिभाको विकासकालागि खेलकुद आवश्यक रहेको बताए । उनले खेलकुद क्षेत्रलाई सबै पालिाका र वडाले प्राथमिकतामा राख्नु […]
बाणगंगामा सञ्चालित प्रथम आधारभूत तहको खेलकुदमा सुर्योदय मा.वि. प्रथम

जनहित अनलाइन, कपिलवस्तु । बाणगंगा नगरपालिकामा सञ्चालित प्रथम आधारभूत तहको खेलकुद प्रतियोगिताको उपाधि सुर्योदय माध्यमिक विद्यालय बरवाले हात पारेको छ । चारनम्बर स्थित बुद्ध रङ्गशालामा भएको उक्त प्रतियोगितामा ६ स्वर्ण र १ कास्यसहित बरवाले उपाधि हात पारेको हो । बाणगंगा नगरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. का अनुसार उपाधि हात पारेसंगै […]
चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर जङ्गली हात्तीको मृत्यु

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले हानेको गोली लागेर जङ्गली हात्ती मकुना मरेको छ । हिजो नियन्त्रणमा लिने प्रयास गर्दा आक्रमण गर्न खोजेपछि सुरक्षा टोलीले आत्मरक्षाका लागि गोली चलाउन बाध्य भएको राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार जङ्गल बाहिर निस्किएर दुःख दिन थालेपछि कोर क्षेत्रतर्फ पठाउने क्रममा गोली प्रहार हुँदा मकुना मारिएको हो । […]
२०५८ सालदेखि उत्तीर्ण हुन नसकेका स्नातक र स्नातकोत्तर तहका परीक्षार्थीलाई त्रिविले खुलायो मौका परीक्षाको फारम

त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका लागि मौका परीक्षाको फारम खुलाएको छ। त्रिविले बिहीबार सूचना प्रकाशित गरी २०५८ सालदेखि उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि एक पटकका लागि मौका परीक्षाकाको फारम खुलाएको हो। ‘वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र […]
बाणगंगा नगरपालिकाः मिडियाले मागेको रकम नदिदाँ भ्रामक समाचार आयो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले मिडियाले माग गरेअनुसारको रकम भुक्तानी नपाएपछि नगरका पदाधिकारी, कर्मचारीप्रति लक्षित गरी दुरासयपूर्ण, व्यक्तिको जीवनप्रति आँच आउने गरी समाचार प्रकाशित भएको जनाएको छ । नगरप्रमुख चक्रपाणी अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै मेचिकाली राष्ट्रिय दैनिक पत्रिका र बुटवल टुडे डट कम.अनलाईनबाट प्रकाशित समाचारप्रति नगरको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । ‘न्यून […]